असई थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतो (कोइरी)लाई ५ वर्ष कैद सजाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०८३, बिहीबार ०५:१३

जनकपुरधाम । असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका नेकपा (एमाले) का नेता तथा पूर्वप्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी) लाई उच्च अदालत जनकपुरले दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको छ।

उच्च अदालत जनकपुरका न्यायाधीश टेकनारायण कुँवरमुरारीबाबु श्रेष्ठ को संयुक्त इजलासले जिल्ला अदालत महोत्तरीको अघिल्लो फैसला उल्ट्याउँदै महतोलाई दोषी ठहर गरेको हो।

यसअघि २०८० मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले महतोलाई उक्त मुद्दामा सफाइ दिएको थियो। सो निर्णयविरुद्ध तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश सांसद अभिराम शर्मा पक्षलगायतले उच्च अदालत जनकपुरमा पुनरावेदन दिएका थिए।

सोही पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालतको फैसला बदर गरी महतोलाई दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको हो।

असई थमन विक को हत्यासम्बन्धी यो मुद्दा मधेस आन्दोलनताका भएको चर्चित घटनामध्ये एक मानिन्छ। उच्च अदालतको पछिल्लो फैसलासँगै यस प्रकरणले नयाँ कानुनी मोड लिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor