महाधिवेशन चलिरहँदा प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०८३, बिहीबार ०४:५९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन जारी रहँदा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह काठमाडौं फर्किएका छन्। महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएर सम्बोधन गरेका प्रधानमन्त्री शाह बन्दसत्रमा समेत केही समय उपस्थित भएका थिए।

रास्वपाका सभापति रवि लामिछानेलाई नेतृत्वका लागि समर्थन व्यक्त गरेका प्रधानमन्त्री शाह महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु हुनुअघि नै राजधानी फर्किएका हुन्। उनको फिर्तीलाई नियमित सरकारी कार्यव्यस्ततासँग जोडेर हेरिएको छ।

यता महाधिवेशनअन्तर्गत पार्टीको नयाँ केन्द्रीय समिति चयनका लागि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार ९९ सदस्यीय केन्द्रीय समितिका लागि ३५५ जनाको उम्मेदवारी परेको छ।

उम्मेदवारमध्ये भूगोल (प्रदेश) तर्फ १७४ जना, खुलातर्फ ८५ जना र समावेशी समूहअन्तर्गत ९६ जना प्रतिस्पर्धामा रहेका छन्। आयोगले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको छ भने उम्मेदवारहरू अहिले प्रतिनिधिहरूसँग मत माग्न व्यस्त छन्।

निर्वाचनलाई व्यवस्थित बनाउन विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग गरिने भएको छ। अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारहरूको नाम ईभीएममा प्रविष्ट गर्ने काम सुरु हुनेछ। आयोगका अनुसार उक्त प्रक्रिया सम्पन्न गर्न कम्तीमा ६ घण्टा लाग्नेछ।

महाधिवेशनमा देशभरबाट आएका ४ हजार १ सय प्रतिनिधि सहभागी छन्। मतदानका लागि ८० वटा ईभीएम मेसिनको व्यवस्था गरिएको छ। आयोगको अनुमानअनुसार एक प्रतिनिधिले मतदान गर्न औसत १५ मिनेट समय लाग्ने भएकाले सम्पूर्ण मतदान प्रक्रिया सम्पन्न गर्न ८ देखि १० घण्टा लाग्न सक्नेछ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना तथा आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले पार्टीको आगामी यात्रा निर्धारण गर्ने भएकाले निर्वाचन प्रक्रियालाई विशेष चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor