काठमाडौँ । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै ५६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा सात जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूले ग्रिस, क्रोएसिया, सर्विया, युके, युएई र अजरबैजान पठाइदिने प्रलोभन देखाएर पीडितहरूबाट लाखौँ रुपैयाँ असुलेपछि सम्पर्कविहीन भएका थिए।
पक्राउ परेका सात जनाले विभिन्न व्यक्तिबाट कुल ५६ लाख ७३ हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
प्रतिक्रिया