अख्तियारसँग ५ वर्ष पनि सरसल्लाह गर्न सक्छौँ : प्रधानमन्त्री बालेन्द्र शाह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०८३, सोमबार ०५:०७

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आवश्यक परे पाँच वर्षसम्म पनि सोधपुछ र सरसल्लाह गर्न सकिने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अख्तियारसँगको संवादलाई लिएर उठेका प्रश्नको जवाफ दिँदै आवश्यकताअनुसार लामो समयसम्म पनि सहकार्य गर्न सकिने बताए।

उनले विगतमा भएका अनियमितता, सरकारी सम्पत्तिको दोहन तथा भ्रष्टाचारका घटनाको छानबिनमा सरकार दृढ रहेको उल्लेख गर्दै दोषीलाई उन्मुक्ति नदिने स्पष्ट पारे।

“हामी नियम र कानुनभित्र रहेर काम गरिरहेका छौँ। बाहिरबाट हेर्दा केही कुरा अनियन्त्रित देखिए पनि सबै प्रक्रिया नियन्त्रणमै छन्,” प्रधानमन्त्री शाहले भने।

आफ्नो नेतृत्वको सरकारलाई ‘एक्सप्रेसवेमा गुडिरहेको गाडी’सँग तुलना गर्दै उनले सरकारले तय गरेको गन्तव्य पूरा नभएसम्म नरोकिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

slot gacor