काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। महाधिवेशनबाट नयाँ नेतृत्वसहित १५८ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ।
निर्वाचन कार्यतालिकाअनुसार असार २२ गते बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ भने मतदान सकिएको दुई घण्टाभित्र मतगणना सुरु गरिनेछ।
नयाँ विधानअनुसार पार्टीमा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरिएको छ। यसमा सभापति, वरिष्ठ नेता, ३ उपसभापति, २ महामन्त्री, ५ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता र ३ सहप्रवक्ता रहनेछन्।
केन्द्रीय समितिका ९९ सदस्य निर्वाचनबाट चयन हुनेछन् भने ५१ जना सभापतिले मनोनित गर्नेछन्। सातै प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था गरिएको छ।
भोलिदेखि सुरु हुने महाधिवेशनले रास्वपाको नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया