राहदानी छपाइ अनियमितता प्रकरण : चार प्रतिवादीलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ असार २०८३, शनिबार ०५:३९

काठमाडौं । राहदानी (पासपोर्ट) छपाइ प्रक्रियामा भएको भनिएको अनियमितता सम्बन्धी अनुसन्धानमा पक्राउ परेका चार प्रतिवादीलाई विशेष अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले अनुसन्धान अपूरो रहेको निष्कर्षसहित दोस्रो पटक म्याद थप गर्ने आदेश दिएको हो। यसअघि पनि अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको थियो।

यस प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र मणिन्द्र मल्लमाथि अनुसन्धान भइरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रक्रियामा अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि भएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

अनुसन्धान अधिकारीहरूका अनुसार राहदानी जस्तो संवेदनशील सरकारी कागजात छपाइसँग सम्बन्धित विषय भएकाले थप प्रमाण संकलन, कागजात परीक्षण तथा सम्बन्धित व्यक्तिहरूसँग बयान लिने कार्य अझै बाँकी छ। तोकिएको अवधिमा अनुसन्धान पूरा हुन नसकेपछि पुनः म्याद थपका लागि अदालतमा निवेदन दिइएको थियो।

अदालतले अनुसन्धानको आवश्यकता र प्रस्तुत आधारहरूलाई ध्यानमा राख्दै चारै जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। हाल सम्बन्धित निकायले प्रकरणका विभिन्न पक्षहरूको गहन अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor