मन्त्रिपरिषद्का ६ महत्वपूर्ण निर्णय : धितोपत्र बोर्डमा डा. भट्ट नियुक्त, सहकारी र सम्पत्ति शुद्धीकरण कानुन संशोधनको तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ असार २०८३, शनिबार ०५:३६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा कैलालीका डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय क्षेत्र, सहकारी, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण तथा राष्ट्रिय सेवासम्बन्धी विभिन्न कानुन संशोधन र विधेयक अघि बढाउने गरी ६ महत्वपूर्ण निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था पुनः कायम गर्न सम्बन्धित विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

त्यस्तै, सहकारी क्षेत्रको सुधार र नियमनलाई प्रभावकारी बनाउन सहकारीसम्बन्धी प्रचलित कानुन संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गरिएको छ। बचत तथा ऋण सहकारी संस्थाको नियमन र सुपरिवेक्षणलाई व्यवस्थित बनाउन छुट्टै विधेयक ल्याउने तयारीसमेत सरकारले गरेको छ।

मन्त्रिपरिषद्ले राष्ट्रिय सेवा दलसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न पनि स्वीकृति दिएको छ।

यसबाहेक सरकारले सहकारी ऐन, २०७४, सार्वजनिक खरिद ऐन, २०६३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी नेपाल ऐन संशोधनका प्रतिस्थापन विधेयक संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ।

सरकारले वित्तीय सुशासन, सहकारी क्षेत्रको सुधार, सार्वजनिक खरिद प्रणालीको पारदर्शिता तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यी कानुनी सुधारका प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor