काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई दबाब दिएको भन्ने विषयमा गम्भीर आपत्ति जनाउँदै संसदीय छानबिनको माग गरेको छ।
प्रतिनिधिसभामा सांसद नरेन्द्रकुमार केरुङले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा राखेर राहदानी विभागका महानिर्देशकविरुद्ध पक्राउ पुर्जी जारी गर्न दबाब दिइएको भन्ने आरोपको सत्यतथ्य सार्वजनिक गर्न माग गरे।
उनले प्रधानमन्त्रीले संसद्लाई स्पष्ट जवाफ दिनुपर्ने तथा घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताएका छन्।
प्रतिक्रिया