महाधिवेशनअघि रास्वपाको संगठन विस्तार, पदाधिकारी संख्या १९ पुग्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०८३, शुक्रबार ०५:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनअघि पार्टीको सांगठनिक संरचना विस्तार गर्ने निर्णय गरेको छ। सचिवालय बैठकले पदाधिकारी संख्या १३ बाट बढाएर १९ पुर्‍याउने तथा ‘वरिष्ठ नेता’ पद थप्ने निर्णय गरेको हो।

नयाँ व्यवस्थाअनुसार दुई महामन्त्री, चार सहमहामन्त्री र प्रदेश सभापतिहरूलाई पदेन केन्द्रीय सदस्य बनाइनेछ। यससँगै केन्द्रीय समिति १२९ बाट १५८ सदस्यीय हुने भएको छ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुँदैछ। महाधिवेशनले सभापतिसहित ९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ भने त्यसपछि उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरू निर्वाचित सदस्यहरूमध्येबाट चयन गरिनेछन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor