काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी विनियोजन विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयकमा सांसदहरूले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि विधेयक पारित भएको हो।
विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुलेको छ। प्रतिनिधिसभाको अर्को बैठक असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।
प्रतिक्रिया