संगीत सागर बुर्जाको निर्देशनमा ‘चट्ट क्यानम’ सार्वजनिक

evccfn@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०८३, मंगलवार २१:४५

काठमाडौं । संगीत सागर बुर्जाको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीत ‘चट्ट क्यानम’ सार्वजनिक गरिएको छ। उक्त हरि दाहल अफिसियल युट्युब च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको हो।

गीतमा गायक हरि दाहल र गायिका समिक्षा अधिकारीको स्वर रहेको छ। गीतको संगीत संयोजन, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ बाबुल गिरीले गरेका छन्।

संगीत सागर बुर्जाकै निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चर्चित मोडल शिल्पा पोखरेल र रमेश विश्वकर्माको अभिनय देख्न सकिन्छ। भिडियोको मेकअप सीता मगरले गरेकी छन् भने व्यवस्थापनको जिम्मेवारी रोशन शेवाकले निर्वाह गरेका छन्।

माया प्रेम र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरिएको गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा कमाइरहेका छ ।

आकर्षक शब्द, संगीत तथा भिडियो प्रस्तुतीकरणका कारण ‘चट्टा क्यानम’ बोलको गितले पछिल्लो समय संगीतप्रेमीमाझ चर्चा कमाउन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply