राष्ट्रपति पौडेलद्वारा निर्वाचनसम्बन्धी दुई विधेयक प्रमाणीकरण
rastriyakhabar
१८ जेष्ठ २०८३, सोमबार ०५:३९
काठमाडौं । रामचन्द्र पौडेल ले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुईवटा महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले आइतबार मध्यराति नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन्।
संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएका यी दुवै विधेयकहरू राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य द्वारा जारी विज्ञप्तिअनुसार प्रमाणीकरणसँगै दुवै विधेयक कानुनी रूपमा कार्यान्वयनको प्रक्रियामा अघि बढेका छन्।
निर्वाचन प्रणाली तथा मतदाता नामावली व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित र समसामयिक बनाउने उद्देश्यले यी संशोधन विधेयकहरू संसदबाट पारित गरिएको बताइएको छ।
प्रतिक्रिया