डोलप्रसाद अर्याल ले भने – प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै सदनमा आउँछन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ जेष्ठ २०८३, बुधबार ०५:२३
काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) छिट्टै संसद्‌मा उपस्थित हुने तयारीमा रहेको जानकारी गराएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र समसामयिक विषयमा जवाफ माग गर्दै दबाब बढाएपछि सभामुख अर्यालले यस्तो जानकारी दिएका हुन्।

सभामुख अर्यालले प्रधानमन्त्रीसँग आफूले अनौपचारिक संवाद गरेको उल्लेख गर्दै प्रधानमन्त्री सदनमा आएर सांसदहरूको प्रश्नको जवाफ दिन सकारात्मक रहेको बताए। उनले संसद्को अवरोध हटाउन विपक्षी दलका सांसदहरूलाई आग्रह समेत गरे।

सरकारका तर्फबाट औपचारिक पत्र प्राप्त हुनेबित्तिकै प्रधानमन्त्री शाह संसद्‌मा उपस्थित हुने मिति र समय तय गरिने सभामुखले स्पष्ट पारे।

देशमा कानुन निर्माणका धेरै महत्वपूर्ण काम बाँकी रहेको उल्लेख गर्दै सभामुख अर्यालले संसद्को नियमित कामकारबाही नरोक्न प्रतिपक्षी दलहरूसँग विशेष अनुरोध गरेका छन्।

यसअघि बैठकमै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पनि प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी दिएका थिए।

सभामुख र सत्तापक्ष दुवैतर्फबाट प्रधानमन्त्री छिट्टै संसद्‌मा आउने संकेत दिएपछि लामो समयदेखि जारी संसदीय गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply