नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा मुकेश डंगोल नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०८३, मंगलवार ०५:४५

काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डंगोललाई उक्त सर्वोच्च प्रशासनिक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका डंगोलले अब क्यानको नेतृत्व सम्हाल्नेछन्।

तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि डंगोलले सुशीला कार्की नेतृत्वको सरकारको पालामा दुई सातासम्म निमित्त महानिर्देशकका रूपमा काम गर्ने अवसर पाएका थिए। त्यसपछि सरकार परिवर्तनसँगै प्राधिकरणको नेतृत्व चयनका लागि खुला दरखास्त आह्वान गरिएको थियो।

क्यानको नेतृत्वका लागि भएको खुला प्रतिस्पर्धामा प्रारम्भिक छनोटबाट २१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए। मन्त्रालयले गत वैशाख २८ गते उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण (बिजनेस प्लान) र अन्तर्वार्ता लिएको थियो।

तीव्र प्रतिस्पर्धा र छनोट प्रक्रियाका सबै चरण पार गर्दै डंगोल अन्ततः प्राधिकरणको नयाँ महानिर्देशक बन्न सफल भएका हुन्।

प्रतिक्रिया

Leave a Reply