काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको प्रथम नगर अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट नगर कार्यसमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि तथा जिल्ला अधिवेशन प्रतिनिधिहरू चयन भएका छन्।
अधिवेशनबाट भागवत सापकोटा नगर सभापतिमा निर्वाचित हुनुभएको छ। त्यस्तै उपसभापतिमा सुजित बहादुर खत्री, सचिवमा कृष्ण प्रसाद चम्लागाई तथा सहसचिवमा उत्तम प्रसाद दाहाल निर्वाचित हुनुभएको छ।
नगर कार्यसमितिका सदस्यहरूमा सुमित्रा धिमाल, पूर्णबहादुर दमाई, श्यामहरि पोख्रेल, मधु घिमिरे, रुपेश कुमार अर्याल, सुमित्रा दुलाल, अनिता पौडेल, समिता श्रेष्ठ तथा रश्मी परियार निर्वाचित हुनुभएको छ।
त्यसैगरी महाधिवेशन प्रतिनिधिमा किरण के.सी. र रमेश रिजाल चयन हुनुभएको छ भने प्रदेश अधिवेशन प्रतिनिधिमा राजु सुनार र अमृत बराल निर्वाचित हुनुभएको छ।
जिल्ला अधिवेशन प्रतिनिधिहरूमा राजन पौडेल, दिनेश दाहाल, लक्ष्मण खड्का तथा मिना गौतम चयन हुनुभएको छ।
अधिवेशनमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले रास्वपाले अघि सारेको सुशासन, पारदर्शिता, उत्तरदायित्व र जनमुखी राजनीतिको अभियानलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्न नव निर्वाचित नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई बधाई दिँदै पार्टीका नेताहरूले आगामी कार्यकाल पार्टीको नीति, उद्देश्य तथा मूल्य–मान्यताअनुरूप जनहितमा समर्पित रहने विश्वास व्यक्त गरेका छन्।
नवनिर्वाचित सभापति भागवत सापकोटाले सम्पूर्ण मतदाता, कार्यकर्ता तथा सहयोगीप्रति आभार व्यक्त गर्दै गोकर्णेश्वरमा पार्टी संगठनलाई थप बलियो, सक्रिय तथा जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिक्रिया