प्रतिनिधिसभामा चर्कियो सत्ता–प्रतिपक्ष टकराव, नाराबाजीबीच विधेयक पारित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०८३, शुक्रबार ०५:१९

काठमाडौं । प्रतिनिधि सभा मा सत्तापक्ष र प्रतिपक्षबीचको राजनीतिक टकराव उत्कर्षमा पुगेको छ। प्रमुख विपक्षी दलहरूको तीव्र विरोध, नाराबाजी र संसद् बहिष्कारका बीच सभामुख डोलप्रसाद अर्याल ले सदनको कारबाही पेलेरै अगाडि बढाएका छन्।

प्रतिपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर रोस्टम घेराउ गर्न पुगे पनि सभामुख अर्यालले त्यसलाई बेवास्ता गर्दै कार्यसूचीमा रहेका प्रस्तावहरू अघि बढाएका हुन्। आफूहरूको माग सम्बोधन नगरी संसद्को कारबाही जबरजस्ती सञ्चालन गरिएको भन्दै श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभा बैठक नै बहिष्कार गरेको छ।

अन्य प्रतिपक्षी दलहरूले भने सदनको बीचभागमा उभिएर लगातार नाराबाजी गरिरहे पनि सभामुखले अवरोधकै बीच कार्यसूची अगाडि बढाउँदै प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए।

बिहीबारको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाह ले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। तर, जेठ महिनाको पहिलो हप्ताको अन्तिम दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन नसकेको र प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले गम्भीर आपत्ति जनाएका थिए।

प्रधानमन्त्रीको स्थानमा अर्को मन्त्रीलाई सदनमा पठाइएको भन्दै विपक्षी सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामासमेत माग गर्दै चर्को नाराबाजी गरेका थिए। विपक्षीको विरोधबीच सत्तापक्षका सांसदहरूले भने प्रतिपक्षका आरोपहरूको प्रतिवाद गर्ने प्रयास गरेका थिए।

यही तनावपूर्ण अवस्थाबीच सदनबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२’ बहुमतले पारित भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत गरेपछि सभामुख अर्यालले विधेयक पारित भएको घोषणा गरेका हुन्।

विधेयकमाथिको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदद्वय लिमा अधिकारीगणेश कार्की ले आफ्ना संशोधन प्रस्ताव फिर्ता लिएका थिए। प्रतिपक्षी दलका सांसदहरूले भने विरोधस्वरूप छलफल प्रक्रियामा भाग नै लिएनन्।

अर्थमन्त्री डा. वाग्लेले संशोधनकर्ताहरूबाट आएका सकारात्मक सुझावहरूलाई सरकारले स्वीकार गरेको जानकारी सदनलाई गराएका थिए।

विपक्षीको नाराबाजी, एउटा दलको बहिष्कार र सत्तापक्षको बलियो अडानका बीच तनावपूर्ण बनेको प्रतिनिधिसभा बैठक आगामी जेठ १२ गते मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।

प्रतिक्रिया

slot gacor