बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुवास प्रधान पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०८३, मंगलवार ०५:४१

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुवास प्रधान लाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटको म्यागङ गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१७ खुसिबु बस्दै आएका ५३ वर्षीय प्रधानलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१६ नयाँबजार क्षेत्रबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रधानलाई पक्राउपछि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply