काठमाडौं । रामचन्द्र पौडेल ले प्रधानमन्त्री वालेन्द्र शाह को सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा हेरफेर तथा कार्यविभाजन गरी नयाँ जिम्मेवारी तोकेका छन्।
राष्ट्रपति कार्यालयद्वारा २०८३ वैशाख ३१ गते बिहीबार जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को नयाँ कार्यविभाजन गरिएको हो।
नयाँ व्यवस्था अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको कार्यभार आफैंसँग राखेका छन्।
मन्त्रिपरिषद्को नयाँ कार्यविभाजनअनुसार डा. स्वर्णिम वाग्ले लाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शिशिर खनाल लाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
त्यसैगरी विराज भक्त श्रेष्ठ लाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सुनिल लम्साल लाई पूर्वाधार विकास मन्त्रालय तथा सोविता गौतम लाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सीता बादी ले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन्। त्यस्तै प्रतिभा रावल लाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा निशा मेहता लाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
सस्मित पोखरेल लाई शिक्षा तथा खेलकुद मन्त्रालय, खडक राज पौडेल लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा डा. विक्रम तिमिल्सिना लाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी गीता चौधरी लाई कृषि, वन तथा पर्यावरण मन्त्रालय, गौरी कुमारी लाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा रामजी यादव लाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा २०८२ साल चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसअनुसार नयाँ कार्यविभाजन गरिएको उल्लेख गरिएको छ।
सरकारले नयाँ कार्यविभाजनमार्फत प्राथमिकताका क्षेत्रहरूमा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।
प्रतिक्रिया