विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०८३, शुक्रबार ०५:२८

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। बिहीबार विपक्षी दलहरूको बहिष्कार तथा प्रमुख प्रतिपक्षी दलको अवरोधबीच नीति तथा कार्यक्रम पारित भएको घोषणा गरिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेका थिए। त्यसपछि विपक्षी चार दलले बैठक बहिष्कार गरेका हुन्।

नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरू बैठक छाडेर बाहिरिएका थिए।

यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस का सांसदहरूले भने सदनमै बसेर अवरोध जारी राखेका थिए।

यसअघि राष्ट्रियसभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रतिनिधिसभाबाट पनि पारित भएको घोषणा गरिएको हो।

विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका थिए। प्रधानमन्त्री अनुपस्थित रहेको अवस्थामा अर्थमन्त्रीमार्फत जवाफ प्रस्तुत गरिनु लोकतान्त्रिक अभ्यासविपरीत भएको उनीहरूको आरोप थियो।

प्रतिक्रिया

slot gacor