गुणस्तरहीन देखिएपछि ‘ज्याक न्याक क्राकर्स’ बिस्कुटको बिक्री–वितरणमा प्रतिबन्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०८३, शुक्रबार ०५:२०

काठमाडौं । सुनसरीको सानापुरस्थित Asian Thai Foods अन्तर्गतको सहायक कम्पनी एशियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि ले उत्पादन गरेको ‘ज्याक न्याक क्राकर्स’ बिस्कुट गुणस्तरहीन देखिएपछि बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर परीक्षणका क्रममा ७५ ग्रामको ‘ज्याक न्याक क्राकर्स’ बिस्कुटको ब्याच नम्बर ६ मा तोकिएको मापदण्ड पूरा नभएको पाइएको विभागले जनाएको छ। परीक्षणका क्रममा उक्त उत्पादनमा ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ नेपाल सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नभेटिएको उल्लेख गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम विभागले सम्बन्धित कम्पनीलाई उक्त ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो। साथै सोही ऐनको उपदफा (४) अनुसार उक्त उत्पादनको बिक्री–वितरण नगर्न पनि आदेश जारी गरिएको जनाइएको छ।

विभागद्वारा जारी सूचनामा बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलित नमुना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तर मापदण्डअनुसार नभेटिएकाले तत्काल ‘रिकल’ गर्न निर्देशन दिइएको उल्लेख छ।

‘ज्याक न्याक क्राकर्स’ बिस्कुट उत्पादन गर्ने एशियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि सुनसरीको सानापुरमा रहेको रमपम चाउचाउ उत्पादक कम्पनी Asian Thai Foods को सब्सिडरी कम्पनी हो।

प्रतिक्रिया

slot gacor