काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बालेन शाह प्रति असन्तुष्ट देखिएकी छन्। संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मा लाई सिफारिस गरेपछि उनी असन्तुष्ट बनेको चर्चा भइरहेको छ।
शनिबार काठमाडौंस्थित राष्ट्रिय सभा गृह मा आयोजित कानुन दिवस कार्यक्रममा सहभागी भएकी कार्की कार्यक्रमस्थलमै सञ्चारकर्मीसँग आक्रोशित रूपमा प्रस्तुत भएकी थिइन्।
कार्यक्रमका क्रममा सञ्चारकर्मी दिवाकर साहले उनलाई “आमा” भनेर सम्बोधन गरेका थिए। त्यसपछि कार्कीले प्रतिप्रश्न गर्दै “कसले आमा भनेको?” भनेर प्रतिक्रिया दिएकी थिइन्।
साहले आफूले सम्बोधन गरेको बताएपछि कार्कीले “तिमीहरूको आमा नै फेरिइसक्यो” भनेकी थिइन्। त्यसपछि साहले “केही फरक पर्दैन, आमा फेरिँदैन” भन्ने जवाफ दिएका थिए।
त्यसको प्रत्युत्तरमा कार्कीले “अब बालेनको श्रीमतीलाई आमा भन” भनेकी थिइन्। पछि साहले उनलाई “तपाईं देशकै आमा हो” भन्न खोज्दा कार्की “होइन, होइन” भन्दै कार्यक्रमस्थलबाट बाहिरिएकी थिइन्।
प्रधानन्यायाधीश नियुक्ति सिफारिसको विषयलाई लिएर उनी असन्तुष्ट रहेको चर्चा कानुनी तथा राजनीतिक वृत्तमा भइरहेको छ।
प्रतिक्रिया