प्रधानमन्त्री बालेन शाहले बोलाए संवैधानिक परिषद्को बैठक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०८३, बिहीबार ०६:१४

काठमाडौं। बालेन्द्र शाहले आज (बिहीबार) साँझ ५ बजेका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार न्यायपालिकाको नेतृत्व चयन गर्ने संवैधानिक दायित्वलाई प्राथमिकता दिँदै बैठक बोलाइएको हो।

यसअघि रामचन्द्र पौडेलले गत मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए। नयाँ व्यवस्थाअनुसार अब परिषद्को बैठक बस्न ६ सदस्यीय परिषद्मध्ये कम्तीमा ४ जना उपस्थित भए गणपूरक संख्या पुग्नेछ। साथै, परिषद्को निर्णयका लागि ३ सदस्यको बहुमत पर्याप्त हुने कानुनी व्यवस्था गरिएको छ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ। परिषद्का सदस्यमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलका नेता तथा प्रधानन्यायाधीश रहने व्यवस्था छ।

हाल परिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहसँगै सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर तथा विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे सदस्य रहेका छन्।

त्यस्तै, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल पनि परिषद् बैठकमा सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply