संघीय संसद् अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०८३, बुधबार ०६:१६

काठमाडौं। सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रामचन्द्र पौडेलसमक्ष अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार २८ वैशाख दिउँसो २ बजे बस्ने गरी संसद् अधिवेशन आह्वान गर्न प्रस्ताव गरिएको छ।

यसअघि वालेन्द्र शाह नेतृत्वको सरकारले ८ वैशाखमा गरेको सिफारिसअनुसार राष्ट्रपतिले १७ वैशाखका लागि संसद् अधिवेशन आह्वान गरेका थिए। तर, आह्वान भएको भोलिपल्ट नै सरकारकै सिफारिसमा अधिवेशन स्थगित गरिएको थियो।

सरकारले संसदसँग पर्याप्त समन्वय नभएकाले अधिवेशन स्थगित गर्नुपरेको जनाएको छ। अधिवेशन स्थगित गरेपछि सरकारले विभिन्न ८ वटा अध्यादेश जारी गरेको थियो।

अब नयाँ सिफारिससँगै संघीय संसद्को दुवै सदन पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

slot gacor