लिग–२ क्रिकेटमा नेपालको शानदार जित, ओमान ८१ रनले पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०८३, बुधबार ०६:१५

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोलीले ओमान राष्ट्रिय क्रिकेट टोलीलाई ८१ रनले पराजित गरेको छ।

नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै समेटियो। नेपालका लागि गुल्सन झाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएर जितका मुख्य नायक बने।

ओमानका विनायक शुक्लाले ३६ र हम्माद मिर्जाले ३४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा २५६ रन बनाएको थियो। ओपनर आसिफ शेखले ९४ रनको उत्कृष्ट इनिङ्स खेले भने अर्जुन कुमालले ४८ रन जोडे। अन्त्यमा आरिफ शेखले २४ बलमा ४३ रन बनाएपछि नेपालले बलियो योगफल तयार गरेको थियो।

नेपालका सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरीनन्दन यादवले समान एक–एक विकेट लिए।

यस जितसँगै नेपालले लिग–२ मा आफ्नो प्रदर्शनलाई थप मजबुत बनाएको छ।

प्रतिक्रिया

Leave a Reply