काठमाडौं। “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” कार्यान्वयनमा आएसँगै ऊर्जा क्षेत्रका विभिन्न उच्च पदाधिकारी स्वतः पदमुक्त भएका छन्।
ऊर्जा मन्त्रालयले बुधबार जारी गरेको सूचनाअनुसार नेपाल विद्युत् प्राधिकरण का कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्य सहित सदस्यहरू रतनबहादुर ऐर, डा बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएका हुन्।
त्यसैगरी विद्युत् नियमन आयोग का अध्यक्ष डा रामप्रसाद धिताल तथा सदस्यहरू डा मधुसुधन अधिकारी, डा झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पनि पदमुक्त भएको मन्त्रालयले जनाएको छ।
सरकारले जारी गरेको उक्त अध्यादेशअनुसार विभिन्न सार्वजनिक निकायका पदाधिकारीहरूको नियुक्ति पुनरावलोकन गर्दै आवश्यक संरचनागत सुधार गर्ने उद्देश्य राखिएको बताइएको छ।
यस निर्णयसँगै ऊर्जा क्षेत्रका प्रमुख संस्थाहरूमा नेतृत्व परिवर्तनको प्रक्रिया सुरु हुने र नयाँ पदाधिकारी नियुक्तिका लागि सरकार अघि बढ्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया