काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०८३, सोमबार ०५:५३

काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित मसाज सेन्टरहरूमा प्रहरीले छापा मारी ठूलो संख्यामा महिला तथा पुरुषहरूलाई नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को विशेष टोलीले ठमेल, बौद्ध र ललितपुरका विभिन्न स्थानमा सञ्चालन गरेको अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार कुल २५८ जनालाई नियन्त्रणमा लिइएको छ, जसमा २४० जना महिला र १८ जना पुरुष रहेका छन्। मसाज सेन्टरका नाममा अनैतिक वा गैरकानुनी गतिविधि भइरहेको सूचनाका आधारमा छापा मारिएको बताइएको छ।

कार्यालयका प्रवक्ता रामेश्वर केसी ले पक्राउ परेका सबैमाथि सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार को–को विरुद्ध मुद्दा चलाउने र कसलाई छाड्ने भन्ने विषयमा प्रमाण संकलन तथा छानबिन जारी रहेको छ।

प्रहरीले पछिल्लो समय मसाज सेन्टर र स्पाका नाममा हुने शंकास्पद गतिविधिमाथि निगरानी कडा बनाएको छ। यसअघि पनि यस्ता केन्द्रहरूमा पटक–पटक छापा मार्दै कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

slot gacor