बुढानीलकण्ठ नगरपालिकामा नीति तथा कार्यक्रमबारे दलहरूसँग छलफल सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०८३, बुधबार ०६:१०

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम निर्माणका लागि नगरमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका स्थानीय नेता तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा सहभागीहरूले नगरको दिगो विकास, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पूर्वाधार निर्माणका विषयमा सुझाव र धारणा प्रस्तुत गरेका थिए।

‘उत्कृष्ट नगरपालिका पुरस्कार’ प्रति बधाई

हालै प्राप्त उत्कृष्ट नगरपालिका पुरस्कार २०८२ को सफलताप्रति सबै राजनीतिक दलका प्रतिनिधिहरूले नगर नेतृत्व र कर्मचारी प्रशासनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

उनीहरूले यो उपलब्धि सम्पूर्ण नगरबासीका लागि गौरवको विषय भएको र आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा मिलेको बताएका छन्।

नगर प्रमुखको प्रतिबद्धता

कार्यक्रममा बोल्दै नगर प्रमुख मिठाराम अधिकारी ले पुरस्कारलाई साझा प्रयासको परिणाम भन्दै नगरलाई थप जनमुखी र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले भने,
“हामीले प्राप्त गरेको पुरस्कार सबैको साझा प्रयासको फल हो। अब हाम्रो लक्ष्य राजनीतिक सहमतिका आधारमा नगरलाई अझ समृद्ध बनाउने र विकास योजनाहरू समयमै सम्पन्न गर्ने हो।”

दलहरूको सुझाव

छलफलमा दलका प्रतिनिधिहरूले अव्यवस्थित शहरीकरण नियन्त्रण, खानेपानीको दीर्घकालीन समाधान, वातावरण संरक्षण र खेलकुद पूर्वाधारमा विशेष योजना ल्याउन नगरपालिकालाई सुझाव दिएका थिए।

कार्यक्रमले आगामी नीति तथा कार्यक्रमलाई थप समावेशी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply