काठमाडौं । काठमाडौं उपत्यका मा पछिल्लो समय वायु प्रदूषण उल्लेखनीय रूपमा बढ्दै गएको छ, जसका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेको छ।
छिटपुट वर्षापछि केही समयका लागि धुँवा–धुलो कम भए पनि पुनः प्रदूषण बढ्दै जाँदा बाहिर हिँडडुल गर्न कठिन भएको नागरिकहरू बताउँछन्। विशेषगरी बिहान र बेलुका वायुमण्डलमा धुलो र धुँवाको मात्रा बढ्दा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ।
विशेषज्ञहरूका अनुसार सवारीसाधनको अत्यधिक प्रयोग, निर्माण कार्यबाट उठ्ने धुलो, फोहोर जलाउने गतिविधि तथा मौसमीय कारणले प्रदूषण बढ्दै गएको हो।
स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूले मास्क प्रयोग गर्न, अनावश्यक बाहिरी गतिविधि कम गर्न र बालबालिका, वृद्ध तथा दीर्घरोगीलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।
वायु प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने माग समेत सर्वसाधारणबाट उठ्न थालेको छ।
प्रतिक्रिया