काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपाल को १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल लाई नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार वैशाख १९ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरिएको हो।
हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन्। उनी २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए।
आईजीपी पदका लागि पौडेलसँगै एआईजी बंशीराज दाहाल पनि प्रतिस्पर्धामा थिए। दुवै जना १११औँ टोलीका अधिकृत भए पनि बढुवामा ज्येष्ठता क्रममा पौडेल अगाडि परेका थिए। पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए भने दाहाल २०७९ असोज २८ गते बढुवा भएका थिए।
डीआईजी बढुवादेखि नै पौडेल वरिष्ठ रहँदै आएका छन्। उनी २०७५ कात्तिक १३ मा डीआईजी बढुवा भएका थिए भने दाहाल २०७६ माघ २२ मा बढुवा भएका थिए।
सरकारले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ बमोजिम ज्येष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता, आर्थिक अनुशासन तथा व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई आईजीपीमा नियुक्त गरेको हो।
मन्त्रिपरिषद् बैठकले अन्य केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छः
सरकारको यो निर्णयसँगै सशस्त्र प्रहरीको नेतृत्व अब नयाँ चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया