काठमाडौं । टोखा नगरपालिकाले नगर क्षेत्रमा झुण्डिएका तथा अव्यवस्थित रूपमा रहेका तार व्यवस्थापन गर्ने अभियान सुरु गरेको छ।
नगरपालिकाका अनुसार सडक तथा चोक–गल्लीमा जथाभावी तानिएका इन्टरनेट, टेलिफोन र केबलका तारले दुर्घटनाको जोखिम बढाउनुका साथै सहरको सौन्दर्यमा समेत असर पुर्याउँदै आएको थियो। यसलाई व्यवस्थित गर्न सम्बन्धित सेवा प्रदायकसँग समन्वय गर्दै तार हटाउने, मिलाउने तथा सुरक्षित ढंगले व्यवस्थापन गर्ने कार्य अघि बढाइएको हो।
अभियानअन्तर्गत प्रयोगविहीन तथा जीर्ण तारहरू हटाइने, पोलमा रहेका तारलाई मापदण्डअनुसार व्यवस्थित गरिने र आवश्यक ठाउँमा अन्डरग्राउन्ड प्रणालीतर्फ लैजाने योजना रहेको नगरपालिकाले जनाएको छ।
यस कार्यले दुर्घटना न्यूनीकरण, सेवा प्रवाहमा सुधार तथा सहरलाई सफा र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, नगरपालिकाले सेवा प्रदायक कम्पनीहरूलाई निर्धारित मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ।
प्रतिक्रिया