काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको विपद् व्यवस्थापन शाखाको सहकार्य र समन्वयमा विभिन्न वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति तथा सरोकारवालासँग बैठक सम्पन्न भएको छ।
मिति २०८३/०१/१० मा वडा नं. १ मा आयोजना गरिएको बैठकपछि अन्य विभिन्न मितिहरूमा वडा नं. २, वडा नं. ३, वडा नं. ५ र वडा नं. ६ मा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिएको जनाइएको छ।
बैठकमा वडागत विपद् जोखिम क्षेत्र पहिचान, पूर्वतयारी योजना निर्माण तथा विपद् पश्चात् उद्धार र व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।
स्थानीय तहमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवालाबीच समन्वय, जोखिम न्यूनीकरणका उपाय र समुदायस्तरमै तयारी मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया