बुद्धजयन्ती समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी, औपचारिक सम्बोधन नहुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०८३, सोमबार ०५:३९

काठमाडौं । २५७०औँ बुद्धजयन्तीको अवसरमा आगामी १८ वैशाखमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा बालेन्द्र शाह सहभागी हुने भएका छन्।

लुम्बिनी विकास कोषले प्रधानमन्त्रीको भ्रमण र कार्यक्रमको कार्यतालिकालाई अन्तिम रूप दिएको जनाएको छ। सार्वजनिक कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले बुद्ध जन्मस्थलमा हुने विशेष पूजाआजामा प्रत्यक्ष सहभागिता जनाउनेछन्।

तर, विगतका वर्षहरूभन्दा फरक रूपमा यसपटक प्रधानमन्त्रीबाट कुनै औपचारिक सम्बोधन नहुने निर्णय गरिएको छ। परम्पराअनुसार राष्ट्र वा सरकार प्रमुखले समारोहलाई सम्बोधन गर्ने अभ्यास रहे पनि यस वर्ष उक्त परम्परा तोडिएको हो।

कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार प्रधानमन्त्री शाह केवल धार्मिक अनुष्ठानमा मात्र सहभागी हुनेछन्। कार्यक्रम बिहान ५ बजे सुरु भई एक घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

समारोहमा खड्कराज पौडेल तथा तौफिक अहमद खानलगायत विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहनेछ।

प्रतिक्रिया

slot gacor