काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन्। सो दिन बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक बस्नेछ।
यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, बजेट पूर्वतयारी तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया