गृहमन्त्रीबारे निर्णय भएन, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०८३, बुधबार ०५:५०

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ लाई बर्खास्त गर्न माग भइरहेका बेला बसेको मन्त्रिपरिषद् बैठकले उक्त विषयमा कुनै निर्णय नगरेको जनाएको छ।

मंगलबारको बैठकपछि सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिना ले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्।

यस्ता छन् मुख्य निर्णयहरू

१. नेपाल धितोपत्र बोर्ड को अध्यक्ष नियुक्तिका लागि डा. गुणाकर भट्ट को संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरिएको छ। समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवनकुमार दाहाल सदस्य रहनेछन्।

२. नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने।

३. प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने।

४. मतदाता नामावली ऐन २०७३ संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने।

५. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य लाई नियुक्त गर्ने तथा सदस्यमा नवराज सिम्खडारोशनबहादुर शाक्य लाई मनोनयन गर्ने निर्णय गरिएको छ।

सरकारले गृहमन्त्रीसम्बन्धी विवादका बीच अन्य प्रशासनिक र नीतिगत निर्णयहरूलाई अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply