जनगुनासो लगत्तै अस्पतालमा पुगे नगरप्रमुख कार्की, अनुगमन तीव्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०८३, मंगलवार ०६:०९

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका का नगरप्रमुख उपेन्द्र कार्की ले जनगुनासो आउनेबित्तिकै अस्पताल पुगेर स्थलगत निरीक्षण गरेका छन्।

नगरवासीबाट सेवा प्रवाहमा कमजोरी, ढिलासुस्ती तथा व्यवस्थापनसम्बन्धी गुनासो आएपछि नगरप्रमुख कार्की स्वयं अस्पताल पुगेर सेवा अवस्थाको अनुगमन गरेका हुन्। निरीक्षणका क्रममा उनले बिरामीलाई उपलब्ध गराइने सेवा, औषधि व्यवस्थापन, स्वास्थ्यकर्मीको उपस्थितिलगायत पक्षबारे जानकारी लिएका थिए।

उनले स्वास्थ्य संस्था जनतासँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले कुनै पनि प्रकारको लापरबाही सह्य नहुने स्पष्ट पारे। सेवा सुधार गर्न तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिँदै उनले जनताको गुनासोलाई प्राथमिकतामा राखेर काम गर्न जोड दिएका छन्।

नगरप्रमुख कार्कीले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने र स्वास्थ्य सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply