बुढानीलकण्ठ नगरपालिकाद्वारा विद्यालय सञ्चालनबारे सूचना जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०८३, मंगलवार ०५:५६

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका ले विद्यालय सञ्चालनसम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ।

नगर कार्यपालिकाको कार्यालय, हात्तीगौंडाबाट जारी सूचनाअनुसार नगर शिक्षा समितिको २०८३ वैशाख ४ गते बसेको निर्णय तथा नगरपालिकाले वैशाख ३ गते तयार गरेको शैक्षिक समायोजन नीतिका आधारमा विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको हो।

सूचनामा सम्पूर्ण विद्यालयहरूलाई उक्त निर्णयअनुसार आवश्यक व्यवस्था मिलाई नियमित रूपमा पठनपाठन सञ्चालन गर्न अनुरोध गरिएको छ।

नगरपालिकाले शैक्षिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ। साथै, विद्यालयहरूलाई नीति तथा निर्देशन पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply