‘रोजगार निषेध’ लेख्ने अध्यागमन अधिकृत हटाइए, छानबिन समिति गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०८३, मंगलवार ०५:४२

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ।

प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको आरोपमा उनीहरूलाई हटाइएको अध्यागमन विभाग का निर्देशक एवं प्रवक्ता टीकाराम ढकाल ले जानकारी दिएका छन्।

विभागले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाली नागरिकलाई सर्त तोकेर प्रस्थान अनुमति दिने कुनै नीति नरहेको स्पष्ट पार्दै त्यस्तो कार्य कानुनविपरीत भएको उल्लेख गरेको छ।

युनाइटेड अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको पासपोर्टमा प्रस्थान छापसँगै ‘२०२६ जुन १० सम्म काम गर्न निषेध’ लेखिएको विषय सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो।

यस घटनाको छानबिन गर्न विभागले वैशाख ३ गते निर्णय गर्दै एक समिति समेत गठन गरेको जनाएको छ।

भिजिट भिसामा यूएई जान लागेका नेपालीको पासपोर्टमा ‘काम गर्न निषेध’ लेखिएको सूचना बाहिरिएपछि विभागले उक्त कदम चालेको हो।

प्रतिक्रिया

slot gacor