काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ सदस्यीय सचिवालय गठन गरेको छ।
आज बसेको केन्द्रीय समिति बैठकले तीन सदस्य थप गर्दै सचिवालय विस्तार गर्ने निर्णय गरेको हो।
बैठकले भूपदेव शाह लाई महामन्त्री तथा सागर ढकाल र सरिताश्री ज्ञवाली लाई सचिवालय सदस्यमा मनोनीत गरेको पार्टी प्रवक्ता मनिष झा ले जानकारी दिए।
यस्तो छ रास्वपाको सचिवालय
- रवि लामिछाने – सभापति
- स्वर्णिम वाग्ले – उपसभापति
- कविन्द्र बुर्लाकोटी – महामन्त्री
- भूपदेव शाह – महामन्त्री
- विपिन आचार्य – सहमहामन्त्री
- लिमा अधिकारी – कोषाध्यक्ष
- वसुमाया तामाङ – सहकोषाध्यक्ष
- मनिष झा – प्रवक्ता
- गणेश पराजुली – सदस्य
- दीपक बोहरा – सदस्य
- बिराज भक्त श्रेष्ठ – सदस्य
- शिशिर खनाल – सदस्य
- सोविता गौतम – सदस्य
- हरि ढकाल – सदस्य
- सागर ढकाल – सदस्य
- सरिताश्री ज्ञवाली – सदस्य
यससँगै रास्वपाले संगठनात्मक संरचना थप सुदृढ बनाएको जनाएको छ।
प्रतिक्रिया