विष्णुमती किनारमा पेस्तोल र गोली बरामद, जेनजी आन्दोलनसँग जोडिएर अनुसन्धान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०८३, सोमबार ०५:५५

काठमाडौं ।  काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल र ५८ राउन्ड गोली बरामद गरेको छ।

बरामद सामग्रीमध्ये टाइप–५४ का चार थान पेस्तोल र सोही प्रकारका ७ थान म्यागजिन फेला परेका छन्। सरसफाइका क्रममा महानगरपालिका र प्रहरीको संयुक्त टोलीले आइतबार बिहान उक्त हतियार फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी पवन भट्टराईका अनुसार सूचना पाएपछि प्रहरी वृत्त स्वयम्भुको टोलीले हतियार संकलन गरेको हो।

प्रारम्भिक अनुसन्धानमा उक्त हतियार जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, एसपी भट्टराईका अनुसार हतियार हालै मात्र त्यहाँ फालिएको जस्तो देखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply