सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब-भत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०८३, सोमबार ०५:४५

काठमाडौं । सरकारी कर्मचारीले अब १५–१५ दिनमै तलब–भत्ता पाउने भएका छन्। अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था लागू गर्ने परिपत्र जारी गरेको हो।

वैशाख ४ गतेको निर्णयअनुसार हालसम्म मासिक रूपमा दिइँदै आएको तलब अब अर्धमासिक (१५–१५ दिनमा) भुक्तानी गरिनेछ। यसलाई कर्मचारीको नगद प्रवाह सहज बनाउने र वित्तीय व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यका साथ लागू गर्न लागिएको बताइएको छ।

मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई समेत परिपत्र गरिसकेको छ। अब सम्बन्धित निकायमार्फत नयाँ प्रणालीअनुसार तलब वितरण प्रक्रिया अगाडि बढाइनेछ।

प्रतिक्रिया

slot gacor