ज्यानसम्बन्धी मुद्दामा बेल्डाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०८३, शुक्रबार ०६:२१

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाही का अनुसार नाथलाई बिहीबार महेन्द्रनगरबाट नियन्त्रणमा लिइएको हो। “ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ,” उनले बताए।

उनका अनुसार उक्त मुद्दा इलाका प्रहरी कार्यालय बेल्डाँडीबाट दर्ता भएको हो। किटानी जाहेरीका आधारमा जिल्ला अदालत कञ्चनपुरले पक्राउ पुर्जी जारी गरेपछि नाथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यो प्रकरण कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरस्थित घटियाघाट रोड नजिकै जलेको अवस्थामा फेला परेका हरिकिसन राना को मृत्यु घटनासँग सम्बन्धित रहेको छ। बेल्डाँडी गाउँपालिका–३ कमरीका ५० वर्षीय राना मोटरसाइकलसहित सडक छेउको भुसामा जलेको अवस्थामा मृत भेटिएका थिए।

घटनापछि प्रतिनिधिसभा सदस्य दीपक बोहरा ले संसदमा निस्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका थिए। प्रारम्भिक अनुसन्धानमा घटना सडक दुर्घटना वा हत्या हो भन्ने विषय शङ्कास्पद देखिएकाले प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply