प्रधानमन्त्री बालेनसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०८२, सोमबार ०५:५५

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहको बैंक मौज्दात १ करोड ४६ लाख रुपैयाँ रहेको छ। उक्त रकमको स्रोतका रूपमा उनले फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालबाट भएको आम्दानी उल्लेख गरेका छन्।

सम्पत्ति विवरणमा उनकी पत्नी सविनाको १९० तोला सुन रहेको जनाइएको छ, जसको स्रोत पैतृक भएको उल्लेख गरिएको छ।

यस्तै, शाहले आमा ध्रुवदेही शाहको नाममा काठमाडौंमा ५ आना तथा धनुषामा १.२ बिघा जग्गा रहेको विवरण पेश गरेका छन्। साथै, पिता रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Reply