काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
मुद्दा दर्ताका लागि आयोगको टोली विशेष अदालत पुगेको स्रोतले जनाएको छ। हाल अदालतमा विवरण रुजु गर्ने प्रक्रिया चलिरहेको बताइएको छ।
महराविरुद्ध विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको अभियोगमा मुद्दा दायर गर्न लागिएको हो। उक्त प्रकरणमा चिनियाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुल्न आएपछि अख्तियारले अनुसन्धानपछि मुद्दा अघि बढाउने निर्णय गरेको हो।
अख्तियारका कर्मचारीहरू मुद्दाको फाइल लिएर विशेष अदालत पुगेका छन् र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
प्रतिक्रिया