राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०८२, बुधबार ०६:४०

काठमाडौं ।  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्ट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केही समयअघि अवकाश लिएका थिए।

राष्ट्र बैंकमा कार्यरत रहँदा गभर्नर बन्ने चर्चा चलिरहेकै बेला उनले पदबाट राजीनामा दिएका थिए। उनी तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकारसमेत रहेका थिए ।

भट्टले नेपाल राष्ट्र बैंकमा झन्डै तीन दशक सेवा गरेका छन् । २०५७ सालमा सहायक निर्देशकका रूपमा प्रवेश गरेका उनी २०७५ कात्तिकमा कार्यकारी निर्देशक बनेका थिए। आफ्नो सेवाकालमा उनले विशेषगरी आर्थिक अनुसन्धान विभागमा लामो समय नेतृत्व गरेका थिए भने बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन, भुक्तानी प्रणाली तथा मौद्रिक व्यवस्थापन विभागमा समेत काम गरेका छन्।

उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् र राष्ट्र बैंकबाट अवकाश पाएपछि विभिन्न नीतिगत तथा परामर्शदाताको भूमिकामा पनि सक्रिय रहँदै आएका थिए।

प्रतिक्रिया

Leave a Reply