कागेश्वरी मनोहरा बालगृहहरूको अनुगमन सम्पन्न, बालबालिकाको हितमा सुधारका सुझाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०८२, मंगलवार ०७:१८

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाभित्रका बालगृहहरूको अनुगमन कार्यको पहिलो दिन सफलतापूर्वक सम्पन्न भएको छ। National Child Rights Council (NCRC) द्वारा गरिएको अनुगमनमा बालबालिकाको हकअधिकार, सुरक्षा र समग्र विकासलाई केन्द्रमा राखिएको थियो।

अनुगमन टोलीले बालगृहको भौतिक अवस्था, सेवा गुणस्तर, बालमैत्री वातावरण र प्रचलित मापदण्डको पालनाको अवस्था जाँच गरेको छ। साथै, बालगृह सञ्चालक र सरोकारवाला निकायसँग छलफल गर्दै सुधार गर्नुपर्ने पक्षहरूमा सुझावहरू प्रदान गरेको छ।

NCRC ले प्रभावकारी समन्वयको आवश्यकता औंल्याउँदै बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि अनुगमन कार्य निरन्तरता दिने योजना रहेको जनाएको छ।

यस पहलले नगरपालिका भित्रका बालगृहहरूको सुधार र नियमनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply