काठमाडौं । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङ का अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
प्रहरीका अनुसार बेसीसहरबाट उस्तातर्फ जाँदै गरेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबी मा शुक्रबार साँझ करिब पौने ६ बजे दुर्घटना भएको हो। जिपमा चालकसहित १४ जना सवार थिए।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि लैजाने क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीया त्रिवेणी गुरुङ र ३४ वर्षीया पुष्पा घले रहेका छन्।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया