अमेरिकाको Harrisonville शहरका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०८२, बिहीबार ०७:०६

काठमाडौँ। Harrisonville शहरका मेयर Mike Zaring ले काठमाडौँस्थित कागेश्वरी मनोहरा नगर अस्पताल को अवलोकन भ्रमण गरेका छन्।

नेपाल भ्रमणका क्रममा मेयर Zaring ले अस्पतालको सेवा, पूर्वाधार तथा स्वास्थ्य सुविधाबारे जानकारी लिएका थिए। अस्पताल प्रशासनले उपलब्ध सेवा, जनशक्ति व्यवस्थापन तथा भविष्यका योजना सम्बन्धी जानकारी प्रस्तुत गरेको जनाएको छ।

भ्रमणका क्रममा स्थानीय तहबीच स्वास्थ्य क्षेत्रको सहकार्य, अनुभव आदान–प्रदान तथा सम्भावित साझेदारीबारे समेत छलफल भएको बताइएको छ।

अस्पतालका सेवा विस्तार, गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय अनुभवबाट सिकाइ लिने उद्देश्यले यस्तो अवलोकन भ्रमण महत्वपूर्ण हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply