काठमाडौँ । प्रतिभा रावल ले सरुवा गरिएको स्थानमा जान आनाकानी गर्ने कर्मचारीहरूलाई मार्गप्रसस्त गर्न आग्रह गरेकी छन्।
मंगलबार बोल्दै मन्त्री रावलले जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौती सामना गर्न तयार रहेको बताइन्। उनले भनिन्, “सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन, नजाने कर्मचारीले मार्गप्रसस्त गर्नुपर्छ।”
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले सोमबार ६३ जना उपसचिव र मंगलबार ६ जना सहसचिवको सरुवा गरेको थियो।
यसअघि रिक्त रहेका नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौँ बाहिर जान आनाकानी गरेपछि मन्त्री रावलले यस्तो चेतावनी दिएकी हुन्।
मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका नगरपालिकामा सोमबार र उपमहानगरपालिकामा मंगलबार कर्मचारी पठाइसकेको जनाएको छ। साथै, अब एक–दुई दिनमै कर्मचारीविहीन रहेका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया