काठमाडौं । रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।
सरकारले चैत १९ गते दिउँसो २ बजे बस्ने गरी संसद् बैठक बोलाउने प्रस्ताव गरेको थियो, जसअनुसार अब प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोही समयबाट सुरु हुनेछ।

प्रतिक्रिया