काठमाडौं । बुढानीलकण्ठमा आयोजित खेलकुद कार्यक्रमले सामाजिक सेवासँगै खेलकुद प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको छ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा जेन–जे आन्दोलनका क्रममा भाइरल भएका ह्यारी ज्याकसन (‘We Hate The Cold’) को उपस्थिति रहेको थियो, जसले दर्शक तथा खेलाडीहरूमा थप उत्साह थपेको थियो।
आयोजकका अनुसार उक्त खेलमार्फत संकलित सम्पूर्ण रकम बुढानीलकण्ठ क्षेत्रमा अवस्थित एक वृद्धाश्रमको सहयोगका लागि प्रयोग गरिनेछ। यसले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका उप–प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला तथा नगर खेलकुद बोर्डका अध्यक्ष सुमन लामा को गरिमामय उपस्थिति रहेको थियो।
बुढानीलकण्ठ युवा परिषद् ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, प्रायोजक, सहयोगी संस्था तथा उपस्थित महानुभावहरूलाई धन्यवाद व्यक्त गरेको छ।
यस्ता कार्यक्रमले खेलकुदलाई सामाजिक सेवासँग जोड्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने सन्देश दिएको आयोजकको भनाइ छ।
प्रतिक्रिया